Sajhamanch Archive

डिजेल बोकेको ट्यांकरमा आगलागी

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । झापामा आइतबार दिउँसो पेट्रोलियम पदार्थ बोकेको ट्याकंरमा आगलागी भएको छ ।

नेपाल आयाल निगम चारआली डिपो कार्यालयदेखि करिब तीनसय मिटर मेची राजमार्ग अन्तर्गतको मेचीनगर १३ स्थित चारआली चोक नजिकै ना ३ ख ९७८४ नम्बरको डिजेल बोकेको ट्याकंरमा आगलागी भएको हो । आगलागीबाट ट्याकंरको अगाडि भाग पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

‘चारआली डिपोमा इन्धन जाँच गराएर फर्किने क्रममा ट्याकंरमा आगलागी भएको हो,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘२० हजार लिटर डिजेल लोड गरिएको ट्याकंरमा लागेको आगो समयमै नियन्त्रणमा आउँदा ठूलो दुर्घटना हुनबाट जोगियो।’

ट्याकंरमा जडान गरिएको विद्युतीय तार सर्ट भई आगलागी भएको र ट्याकंरमा आगो लागेपछि चालकले ढोकाबाट ओर्लिएर ज्यान जोगाएका थिए । ट्याकंरमा लागेको आगो दुईवटा दमकलले नियन्त्रणमा लिएको थियो ।

चारआली डिपोबाट निस्किएको सो ट्याकंरमा लोड गरिएको डिजेल बिर्तामोडका दुई वटा पेट्रोल पम्पका लागि लगिरहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *