Sajhamanch Archive

नयाँ कानूनले भारतमा हिंसा : प्रदर्शनका क्रममा दिल्लीमा चार जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

नयाँदिल्ली । भारतमा भएको प्रदर्शनका क्रममा चार जनाको ज्यान गएको छ । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गर्दा २५ बढी घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेका बेला विवादास्पद नयाँ नागरिक कानूनको विरोधमा राजधानी नयाँ दिल्लीमा भएको प्रदर्शनका क्रममा तीन जना प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भएको हो ।

गत वर्ष पारित भएको नयाँ कानूनले मुस्लिम बाहुल्य मुलुकका गैरमुस्लिम आप्रवासीलाई माफी दिने कानुन पारित गरेको थियो । नयाँ कानुनको समर्थक र विरोधीहरुबीच भएको झडपमा कयौ घाइते भएको समाचारमा जनाइएको छ ।

बहुसंख्यक हिन्दु समर्थक रहेका शरमा नयाँ कानुनी व्यवस्थाको विरोध भएको छ । उत्तर पूर्वी दिल्लीको मुसलमान बाहुल्य रहेका स्थानमा गत वर्षबाट आन्दोलन शुरु भएको हो ।

नव निर्वाचित दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कानुनी व्यवस्था सहज बनाउन संघीय सरकारसँग आग्रह गरेका छन् । उनले नागरिकहरुबीचको हिंसाले मुलुकलाई जटिलतातर्फ धकेल्ने भन्दै तत्काल समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण समेत गराएका हुन् ।

यसैबीच दुई दिने भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्ले आज प्रधानमन्त्री मोदीको गृहनगर गुजरातमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *