Sajhamanch Archive

महिलालाई काठमाडौं बोलाएर सामुहिक बलात्कार

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाललाई अपराधको माध्यमका रुपमा दुरुपयोग गर्ने क्रम बढेको छ ।

सामाजिक सञ्जालबाट सुनसरीकी एक महिलालाई काठमाडौं बोलाएर सामुहिक बलात्कार गरिएको घटना बाहिर आएको छ । राम्रो ागिरको प्रलोभन देखाउँदै सुनसरी इटहरीकी एक ३४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत काठमाडौं बोलाएर सामुहिक बलात्कार गरिएको छ ।

महिलालाई जागिरको लोभ देखाएर काठमाडौं बोलाई सामुहिक बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलाले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तले जानकारी दिएको छ ।

पीडित महिलाले दिएको उजुरीका आधारमा झापाको गौरीगञ्ज गाउँपालिका–१ घर भई अहिले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ बस्ने ३४ वर्षका विशाल संग्रौला र सोही ठाउँ बस्ने वर्ष ३५ का सुवास संग्रौलालाई पक्राउ गरिएको वृत्तका प्रमुख उमेश लम्सालले जानकारी दिएका छन् ।

उनीहरुलाई आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ गरिएको हो । ‘महाराजगञ्ज वृत्तको हिरासतमा राखिएका उनीहरूविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

पक्राउ गरिएका विशाल संग्रौला र सुवास संग्रौलालाई

इटहरीकी ती महिलालाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ गणेशचोकस्थित सुवास संग्रौलाको घर र भक्तपुरको एक रिसोर्टमा लगेर सुवास र विशालले बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ ।

‘उनीहरूले ती महिलालाई सामाजिक सञ्जालमा साथी बनाएर जागिर दिन्छु भन्दै काठमाडौं बोलाएको पाइयो’, डीएसपी लम्सालले भने, ‘अनि विभिन्न बहानामा यी दुई जनाले पटक–पटक सामुहिक बलात्कार गरेको अनुसन्धानमा देखियो ।’ यी दुई पुरुषले सुनसरी इटहरीकी ती महिलालाई सामाजिक सञ्जालबाट साथी बनाए ।

कुराकानीका क्रममा महिलाले जागिर खोजीमा रहेको बताइन् । यता काठमाडौंमा रहेका ती दुई पुरुषले जागिर मिलाई दिन्छौं काठमाडौं आउन आग्रह गरे । ती महिला पनि उनीहरुको प्रलोभनलाई विश्वास मानेर काठमाडौं आइन् । ती महिलालाई दुई पुरुषले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ गणेशचोकस्थित सुवास संग्रौलाको घर र भक्तपुरको एक रिसोर्टमा लगेर सामुहिक बलात्कार गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *