गाउँपालिकाद्वारा हात्ती पीडितलाई साइरन वितरण
Published: (Updated: )
by .
कमल । कमल गाउँपालिका वडा नम्वर ३ सानोकेर्खाका स्थानिय हात्ती पीडितलाई बुधबार कमल गाउँपालिकाले साइरन वितरण गरेको छ ।
जंङ्गली हात्तीका कारण त्रसित बनेका स्थानिय बासीलाई हात्ती खेदाउन सहज होस भन्ने उद्देश्यले साइरन तथा प्रदान गरिएको छ ।
गाउँपालिकामा एक कार्यक्रमका बीच कमल गाउँपालिका वडा नम्वर ३ वडा अध्यक्ष नरप्रसाद दंगालले स्थानीय लेखनाथ सुवेदीलाई र केर्खा प्रहरी चौकीलाई १÷१ थान साइरन प्रदान गरेका छन् ।
यस अघि गाउँपालिकाले १० थान बल्व र ६ थान टर्च लाईट समेत उपलब्ध गराएको अध्यक्ष दंगालले जानकारी दिए ।
यसै बीच कार्यक्रममा आर्थिक अवस्था कमजोर भएर खाना पकाउने ग्यास प्रयोग गर्न नसकेका ९ परिवारलाई समेत १÷१थान सुधारिएको चुलो वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
Comments