सुन बाँडफाँड गर्ने टिमुरेका १६ प्रहरीलाई निलम्बन गर्न अख्तियारको निर्देशन (नामावलीसहित)
Published:
by .
काठमाडौं । चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बनको निर्देशन दिएको छ ।
केरुङबाट अवैध रुपमा भित्रिएको सुन बरामद गरेर एकआपासमा बाँडफाँड गरेको उजुरी परेपछि आयोगले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गर्दै प्रहरी निरीक्षकदेखि जवानसम्मलाई निलम्वन गर्न निर्देशन दिएको हो ।
केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनरबाट गएको पुस ११ गते भित्रिएको ४२२ ग्राम सुन सम्बन्धित निकायमा नबुझाइ आपसमा बाँडफाँड गरेको आयोगमा उजुरीपछि छानविन शुरु गरेको हो ।
प्रहरी निरीक्षक नेपालको समूहले गाडी चालक फुर्वा पासाङको साथमा रहेको सुन बरामदपछि चालकलाई छाडेको आयोगले जनाएको छ । पदमा रहँदा प्रमाण लोप वा नष्ट गर्न सक्ने भएकाले उनीहरुलाई पदबाट निलम्बन गर्न पत्र लेखेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यी हुन् निलम्बन गर्न परिपत्र गरिएका प्रहरीहरुको नामावलीः
१. प्रहरी निरीक्षक खेमप्रसाद नेपाल
२. प्रहरी नायव निरीक्षक भोजबहादुर सेन वली
३. प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
४. प्रहरी हवल्दार रामशरण रिमाल
५. प्रहरी हवल्दार पुरुषोत्तम खत्री
६. प्रहरी हवल्दार रामकाजी लामा
७. प्रहरी हवल्दार गोपीबहादुर लो तामाङ
८. प्रहरी जवान शिवनारायण चौधरी
९. प्रहरी जवान भविलाल रुम्बा लामा
१०. प्रहरी जवान रामचन्द्र विक
११. प्रहरी जवान रिता चौधरी
१२. प्रहरी जवान मनोज आले
१३. प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
१४. प्रहरी जवान ताराबहादुर प्रजा
१५. प्रहरी जवान युवराज खरेल
१६. प्र.का.स.हरिबहादुर श्रेष्ठ
Comments