Sajhamanch Archive

जुवा खेल्दै गरेका ६ जनालाई प्रहरीले समात्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

झापा । झापाको बिर्तामोड नगरपालिका–४ मन्दा बस्तिबाट जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ साँढे ६ बजे स्थानीय कोपीला लिम्बू तामाङको घरमा जुवा खेलिरहेका ६ जनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घर धनी २६ वर्षीया कोपिला लिम्बू तामाङ, हल्दिबारी–४ का ५२ वर्षीय प्रह्लाद चुँडाल, बिशुलाल मेचे, हल्दिवारी–५ का ३५ वर्षीय डम्बरबहादुर मगर, मेचिनगर नगरपालिका–१३ का ५३ वर्षीय दिपेश क्षेत्री र ४६ वर्षीय भुपु राईलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले १६ थान कौडा, नगद रु. ९८ हजार, भारतीय रुपैयाँ १ हजार, मोबायल ६ थान, ९ वटा मोटरसाइकल र १ वटा कारसमेत बरामद गरेको छ ।

पक्राउ परेका ६ जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *