Sajhamanch Archive

नेपालले पेस गरे ओली समक्ष सहमतिकाे सूत्र

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ सम्झौता सूत्र पार्टी अध्यक्ष केपी ओलीसमक्ष प्रस्तुत गरेका छन् ।

ओलीले शुक्रबार पनि राष्ट्रियसभामा अर्थमन्त्री डा.युवराज खतिवाडालाई लग्‍ने आफ्नो अडान सुनाएर नेपाललाई निराश फर्काएको स्रोतले बताएकाे छ ।

नेता नेपालले केन्द्रीय सचिवलायको निर्णय अनुसार नेता वामदेव गौतमलाई नै राष्ट्रिय सभाको सदसयमा मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारि गर्न आग्र गरेका थिए ।

नेता नेपाललाई सांसदमा नरहेपछि पनि थप ६ महिनासम्म मन्त्री खतिवडालाई निरन्तरता दिन सक्‍ने भएकाले गौतमलाइ राष्ट्रिय सभामा लैजान आग्र गरेका थिए ।

खुमलटारमा शुक्रबार बसेको नेता नेपाल, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता गौतमसहितको बैठकको निष्कर्ष स्वरुप थियो ।

तीन दिनअघि नेकपाको केन्द्रीय सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *