धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसावले देशकै उत्कृष्ट प्रदेशः मन्त्री कुसियैत
Published: (Updated: )
by .
कमल । प्रदेश नम्बर १ का वन उद्योग पर्यटन तथा वातारण मन्त्री जगदिश प्रसाद कुसियैतले १ नम्वर प्रदेन धार्मिक साँस्कृतिक र प्राकृतिक हिसावले देशकै उत्कृष्ट रहेको बताएका छन् ।
नेपाल सरकार साँस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको आयोजना तथा कमल गाउँपलिकाको व्यवस्थापनमा झापाको कमल गाँँउपालिका ५ स्थित एक प्रस्तावित रङ्गशालामा शुक्रवार प्रदेश स्तरिय साँस्कृतिक महोत्सव २०७६ को सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री कुसियैतले एक नम्वर प्रदेशमा संसारकोे अग्लो सगरमाथा र नेपाल कै होचो भुभाग कचनकवल समेत यहि प्रदेशमा रहेको उल्लेख गर्दै उनले एक नम्बर प्रदेशमा रहेको वहुभाषिक वहुसाँस्कृतिक वहुजातिको बसोवास समेत रहेकोले अन्य प्रदेशको तुलनामा यो प्रदेश उत्कृष्ट रहेको बताए ।
मन्त्री कुसियैतले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई साँस्कृतिक महोत्सवले ठुलो सहयोग पुग्ने भएकोले प्रदेश नम्बर १ का विभिन्न क्षेत्रमा साँस्कृतिक महोत्सवको आयोजना गरिने समेत जानकारी दिए ।
साँस्कृतिक महोत्सवले विभिन्न भाषा, संस्कार र सँस्कृतिले विभिन्न जातजातिहरुमा राष्ट्रिय एकताको भाव कायम गर्दै स्थानिय कलाकारलाई राष्ट्रिय स्तरसम्म पहिचान गराउन यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने नेपाल सरकार साँस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।
कार्यक्रममा स्थानिय कला र संस्कृति झल्किने च्याब्ुङ्ग, नौमतिबाजा, संगिनी , राजवंशी, जोगीनाच, धामी नृत्य लगायत साँस्कृतिक संस्थान काठमाडौका कलाकारको समेत प्रस्तुति रहेको थियो ।
कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बेनुप्रसाद सिवाकोटीले स्वागत गरेका थिए भने प्रमुख प्रसाशकीय अधिकृत सुवास श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए । विवश वलिभद्र कोइरालाले सञ्चालन गरेका थिए ।
Comments