सुखानी सभालाई प्रचण्डले सम्बोधन गर्ने
Published: (Updated: )
by .
विर्तामोड । सुखानी शहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सम्बोधन गर्ने भएका छन् ।
फागनु २१ गते सहादत स्थल सुखानीमा आयोजना हुने कार्यक्रमलाई पार्टी अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यव्रmम रहेको नेकपा झापा अध्यक्ष चिन्तन पाठकले बताउनु भयो । फागुन २१ गते सुखानीमै स्मृति सभा तथा श्रद्धाञ्जली कार्यक्रममा तय गरिएको छ । अध्यक्ष पाठकका अनुसार पार्टी अध्यक्ष प्रचण्ड सहित सो कार्यक्रमलाई पार्टीका महासचिव विष्णु पौडेल लगायतले सम्बोधन गर्ने छन् ।
यस अघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सुखानी सहिद स्मृति सभालाई सम्बोधन गर्न झापा आउने कार्यव्रmम तय भएको थियो । मृगौला प्रत्यारोपण गर्न उपचार प्रव्रिmया सुरु भएकाले प्रधानमन्त्री ओली झापा आउन नसक्ने भए पछि विर्तामोडमा हुने भनिएको आम सभालाई सुखानी केन्द्रित गरिएको र सो कार्यक्रमलाई पार्टीका अर्का अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने गरी तयारी भएको नेकपा प्रचार विभाग झापाका उपप्रमुख सन्तोष आचार्यले बताए ।
नेकपाको प्रदेश बैठक जारी
झापाको पार्टीका कार्यालयमा पार्टीको प्रदेश कमिटी बैठक चलिरहेको छ । बैठकले संशोधित विधानले गरेको व्यवस्था अनुरुप १० प्रतिशत सदस्य थप गर्ने, विभागीय जिम्मेवारी बाडफाँड, भोली फागुन २० गते मंगलवार हुने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको तयारी, २१ गते हुने सुखानी सहित स्मृति कार्यव्रmम लगायतका विषयमा छलफल तथा निर्णय हुने जिल्ला प्रदेश कमिटी सदस्य तथा झापा सचिव मणिकुमार साम्पाङले बताए ।
प्रचार विभागका प्रमुख समेत रहेका साम्पाङका अनुसार मंगलवार हुने प्रशिक्षणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा बादल लगायतका नेता आउने निश्चि भएको छ । प्रदेश स्तरीय प्रशिक्षण विर्तामोडको सीटी सेन्टर पार्टी प्यालेसमा विहान ११ बजेदेखि सुरु हुने र सो प्रशिक्षणमा प्रदेश कमिटी, जिल्ला कमिटी सो सो सरहका कमिटीमा रहेकाहरु समभागी हुने साम्पाङले बताए ।
Comments