खरिपाटीका १७५ जना घर फर्किदै
Published: (Updated: )
by .
काठमाडौं । सरकारले चीनबाट ल्याइएर भक्तपुरको खरिपार्टीस्थित क्वारेन्टाइनमा राखेका १७५ नेपालीमा कोनोरा संक्रमण नभएको पुष्टि भएको छ ।
उनीहरु सबैमा कोरोना संक्रमण नदेखिएपछि आज ९सोमबार० घर फर्काइँदैछ । उनीहरु सबैमा कोरोना नेगेटिभ देखिएपछि घर फर्काउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
सरकारले फागुन ४ गते कोरोना इपिसेन्टर चीनको वुहानबाट १७५ नेपालीसहित १८ जना चालक दलका सदस्यलाई क्वारेन्टाइनमा राखिएको थियो । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाले आज १७ औं दिनपछि घर फर्काउन लागिएको हो ।
यसअघि ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब ९सास० नमुना सङ्कलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको र अन्तिम पटक शनिबार फेरि सबैको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
शनिबार शुरुमा नगरकोटमा रहेका १८ जनाको बिहान ८ बजे र त्यसपछि त्यही टोलीले ११ बजेसम्ममा खरिपाटीमा रहेका १७५ जनाको नाक र घाँटीबाट स्वाबको नमूना सङ्कलन गरिएको मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुई हप्तापछि दोस्रो पटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानअनुसार नै शनिबार परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
Comments