Sajhamanch Archive

निरन्तर साकोसद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । निरन्तर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले आफ्ना सदस्यहरु र आम नगरवासीहरुको स्वास्थ्य ख्याल गर्दै दुई दिवशीय निःशुल्क आखा जाँच शिविर सुरु गरेको छ ।

गर्मी चढेसँगै धुलोका कारण आँखामा समस्या हुने भएकाले शिविर सञ्चालन गरिएको सहकारी संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कुमार सिटौलाले बताए ।

बिर्तामोडमा २०७० सालमा डिभिजन सहकारी कार्यालय झापामा बिधिवत दर्ता भई सेयर सदस्यहरुको र आम नागरवाशीहरुको हकहितमा संस्थाले कामगर्दै आइरहेको संस्थाका अध्यक्ष राजेश नेपालले जानकारी दिए ।

निरन्तर वचत तथा ऋण सहकारी संस्थाको आयोजना र बिर्ता आइकेयर बिर्तामोडको प्राविधिक सहयोगमा १९ र २० गते कार्यक्रम संचालन हुने संस्थाका सचिव हरि आचार्यले जानकारी दिए ।

आँखा शिविरको पहिलोदिन ६० जनाले नगरबासीले आँखा जाँच गरेका बिर्ता आइकेयरकी प्रवन्धक रञ्जिता भट्टराईले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *