जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानद्वारा दर्जन बढी सम्मानित
Published: (Updated: )
by .
विर्तामोड । जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान अर्जुनधारा–११ बुटाबारीले एक दर्जन भन्दा बढी विभिन्न विधामा बिशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरिएको छ । सोमबार प्रतिष्ठानको १० औँ वार्षिक साधारणसभाको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षता तथा नेकपा प्रदेश नं–१ का प्रमुख सचेतक प्रदेश सांसद बुद्धि कुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्मानित हुनेहरुमा उजागर अनलाइनका सम्पादक लवकुस गौतम युवा व्यवसायी केदार गिरी, जेष्ठ नागरिक बलिराज इङनाम, एसइइ उत्कृष्ट अंक ल्याउने गुभाजु छात्रा अनिता श्रेष्ठ शिक्षासेवी अभिमान राई, देवी बहादुर खड्का, तोरेन्द्रमान सिंह प्रधान, देलु श्रेष्ठ, मात्रिका संग्रौला, हरिहर आचार्य, सम्भु बहादुर पोख्रेल, मोहन दुवाल, मोहन योगी लगायतलाई सम्मान गरिएको थियो । भिन्न–भिन्न क्षेत्रमा रही समाजसेवामा समर्पित रहेकाले संस्थाको तर्फबाट सम्मान गरिएको संस्थाका उपाध्यक्ष भानुभक्त श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा विशेष अतिथी प्रदेश–१ का माननीय बृख प्रधान, आदिवासी,जनजाति महासंघ नगर अध्यक्ष जगत राना मगर, नेवा देय दवू झापा जिल्ला सचिव तिलरुपा श्रेष्ठ, अध्यक्ष दिनेश शाक्य सम्मानित हुने गौतम लगाएअतले शुभकामना राखेका थिए। संयोजक डम्बर बहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद राजभण्डारीले समुदायमा जातिय विभेद अन्त्य गदैँ मानिस आफ्नो थर, जात भन्दा माथि उठेर समाज र राष्ट्रको निर्माणमा एकजुट भएर जुट्नु पर्ने आवश्यकता औल्याए ।
प्रतिभा श्रेष्ठले नृत्य, बासुरी बाद्यक मातृका सग्रौलाले नाक बाट बासुरी धून लगायत सांस्कृतिक प्रस्तुतीहरु समेत रहेको कार्यक्रमको संचालन प्रतिष्ठानका उपाध्यक्ष भानुभक्त श्रेष्ठले गरेका थिए।
Comments