Sajhamanch Archive

कोरोना संक्रमण: ४८ हजार मानिसको सफल उपचार

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

तिब्ररुपमा विश्वभर फैलिएको कोभिड नाइन्टिन अर्थात् कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३१ सय ३२ पुगेको छ।

सोमबार मात्रै थप ६ सय २ जनामा संक्रमण भेटिएको छ। चीनमा मात्रै ४७ हजार २ सय २४ जना उपचार पछि घर फर्किएका छन्। विगत चौबिस घण्टामा चीनमा थप १ सय २५ जनामा संक्रमण रहेको चिनियाँ अधिकारीले जनाएका छन्। संक्रमणको संख्या भने घट्दै गएको चिनियाँ अधिकारीको भनाइ छ।

चीनमा हालसम्म मृत्यु हुनेको संख्या भने २९ सय ४४ जना पुगेको छ। कोरोनाको महामारी अहिले ६६ देश भन्दा बढीमा फैलिएको छ। विश्वभर संक्रमितको संख्या ९० हजार ९ सय २० रहेको र ४८ हजार १ सय २९ जना उपचारपछि घर फर्किएका छन्। चीन पछि सबै भन्दा बढी दक्षिण कोरियामा संक्रमित भेटिएका छन्। त्यहाँ संक्रमितको संख्या चार हजार ८ सय १२ पुगेको छ भने ३४ जनाले ज्यान गुमाएका छन्। इरानमा ६६ जनाले ज्यान गुमाइसकेका छन् भने इटालीमा ५२ जनाको मृत्यु भएको छ। त्यस्तै अमेरिका र जापानमा १२ जनाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरुका अनुसार राजधानी वासिंटन डिसीमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको र मृतकको संख्या ६ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *