मदरगाछमा एनआईसीको शाखा रहित बैकिंग सेवा
Published: (Updated: )
by .
सुरुङ्गा । झापा गाउँपालिका ग्रामिण भेगमा एनआईसी एशिया शाखा रहित बैकिंग सेवा उदघाटन भएको छ।
२०७६ फागुन १९ गते झापा गाउपालिका वडा ७ मदरगाछ बजारमा शाखारहित बैंकिंग सेवा सुचारू भएको हो । उदघाटन कार्यक्रमका प्रमुख अतिथि जय नारायण शाह, बार्डध्यक्ष नेत्र उप्रेती बैंकका प्रदेश प्रमुख दीपक थापा सुरुङ्गा शाखाका प्रमुख सागर दाहाल लगायत उपस्थित अतिथीहरुले पानसमा दिप प्रज्वलन गरेर शाखा रहित बैंकिंग सेवाको उदघाटन गरेका हुन् ।
झापा गाउँपालिकाको सबै आर्थिक काम गर्दै आएको एनआइसी एसिया बैकको सो शाखा रहित बैकले बृद्धभक्ता थाप्न १२ किलोमिटर टाडाको कुमरखोदमा जानुपर्ने बाध्यता हटेको शाखा रहित सेवाका प्रमुख टिकाराम पाठकले जानकारी दिए । सो बैंकमा ५ लाख सम्मको नगद लिन र चेक साट्न सकिने आवश्यकताका आधारमा यसलाई बढाउदै लैजाने समेत पाठकलले बताए ।
सेवा सञ्चालन भएपछि झापा गाउँपालिका ७,६,५ र कनकाई नगरपालिकाको ५ नम्बर वडाबासी समेत लाभान्वित बन्ने भएका छन ।
Comments