Sajhamanch Archive

टेकुमा भर्ना गरिएका चार जनामा कोरोना नभएको पुष्टि

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

विराटनगर । कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएका चार जनामा संक्रमण नभएको पुष्टि भएको छ ।

राजधानीस्थित टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चार जना बिरामीमा स्वास्थ्य रिपोट नेगेटिभ आएको हो । कोरियाबाट आएका तीनजना र चीनबाट एकजना गरी चारजना बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।

परीक्षणका क्रममा उनीहरूमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जानकारी दिएको छ । अस्पतालले यी बिरामीहरूको रिपोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गर्दैछ ।

हालसम्म २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ भने १९ जना सकुशल घर फर्किसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *