कोरोनाको त्रासले शिक्षा मन्त्रालयको अनुरोधः चैत ५ भित्र कक्षा ९ सम्मको परीक्षा लिइसक्नू
Published: (Updated: )
by .
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर फैलिएको कोरोना संक्रमणका कारणले चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन अनुरोध गरेको छ।
मन्त्रालयले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर अनुरोध गरेको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले कोरोनाको कारणले चैत ५ गतेभित्रमा परिक्षा लिन अनुरोध गरेको बताए। उनले भने,‘कोरोना संक्रमणका कारणले चैत ५ गतेभित्रमा कक्षा १ देखि ९ सम्मको परीक्षा लिन नीजि र सरकारी विद्यालयलाई अनुरोध गरेका हौँ।’
उनले सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न पनि विद्यालयलाई अनुरोध गरेको बताए। आगामी चैत ६ गतेबाट देशभर एसइइ परिक्षा सञ्चालन हुँदै छ।
Comments