Sajhamanch Archive

कोरोनासँग लड्न आइएमएफद्वारा ५८ खर्ब रूपैयाँ आर्थिक सहायता घोषणा

Published: in राष्ट्रिय समाचार by .

महामारीको रुप लिएको कोभिड १९ (कोरोना) भाइरससँग लड्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ५० अर्ब अमेरिकी डलर (करिब ५८ खर्ब नेपाली रुपैयाँ) आर्थिक सहायता घोषणा गरेको छ। प्रभावित मुलुकहरुलाई कोरोनासँग लड्न आइएमएफले ठूलो आर्थिक सहायता घोषणा गरेको हो।

उद्गमस्थल चीनलगायत विश्वका ७० भन्दा बढी देशमा कोरोना संक्रमण फैलिएपछि मुद्रा कोषले पछिल्लो सहायता घोषणा गरेको हो। सरुवा रोगसँग लड्न नसक्ने र कमजोर स्वास्थ्य प्रणाली भएका गरीब र मध्यम आय भएका मुलुकहरुले यो सहायता पाउनेछन्। कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी आर्थिक अंगले प्रदान गरेको यो नै पछिल्लो सबैभन्दा ठूलो सहायता हो।

यो संगठनले कोरोनाकै कारण यो बर्ष विश्वको आर्थिक बृद्धिदर गत बर्षको भन्दा पनि तल गिरिसकेको जनाएको छ। सन् २००८ मा मच्चिएको आर्थिक मन्दी यताकै सबैभन्दा कमजोर स्थिति यतिखेर विश्व अर्थतन्त्रले खेपिरहेको कोषले जानकारी दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *