Sajhamanch Archive

बिर्तामोडबाट ६ जनालाई ब्राउन सुगरसहित पक्राउ

Published: in समाज by .

बिर्तामाड । बिर्तामोड प्रहरीले झापा अर्जुनधारा ११ स्थित नयाँ बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द ३ का २५ वर्षीय विवेक तामाङ, २१ वर्षीय समिर लिम्बू, २४ वर्षीय सञ्जु चेम्जोङ, १८ वर्षीय दिपेन नेम्वाङ, झापा अर्जुनधारा ६ का १८ वर्षीय रोशन गुरुङ र इलामका २० वर्षीय सन्तोष तामाङ रहेका छन् ।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा चेकजाँच गर्ने क्रममा ३९ दशमलव २९ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ थालमा राखेको अवस्थामा बरामद गरेको थियो ।

पक्राउ परेका छ जनालाई इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको डिएसपी मुकुन्द रिजालले जानकारी दिए । प्रहरीले गत जेठदेखि फागुन २१ सम्म बिर्तामोड क्षेत्रबाट मात्रै लागुऔषध प्रयोगकर्ता तथा कारोबारी गरी ५६ जनालाई पक्राउ गरेको डिएसपी रिजालले जानकारी दिए ।

यो अवधिमा ४७९ दशमलव ४२० ग्राम ब्राउन सुगर बरामद गरेको उनले बताए । यही अवधिमा लागुऔषध ६०० एम्पुल, ७६ वटा ट्याब्लेट र ८०० ग्राम गाँजासमेत बरामद गरेको डिएसपी रिजालको भनार्इ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *