सांसद साँवाले गरे मञ्जुश्री विद्यालय भवनको शिल्यान्यास
Published: (Updated: )
by .
पाँचगाछी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित मञ्जुश्री आधारभूत विद्यालयको तीन कोठे भवनको शिल्यान्यास गरिएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम क्षेत्र विकास कोष अन्तरगर्त मार्फत संघीय सरकारबाट रु २४ लाख लागतमा निर्माण हुने तीन कोठे भवनसहित व्यवस्थित शौचालयको विहीबार कार्यक्रमका बीच प्रतिनिधिसभा सांसद लालप्रसाद साँवाले शिल्यान्यास गरेका हुन् ।
शिल्यान्यासका क्रममा बोल्दै सांसाद साँवाले बाल बातबरणमैत्री व्यवहारिक शिक्षासहित प्राविधिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए । उनले सामुदायिक बिद्यालयको विकास र परिवर्तनको निम्ति सरोकारवालाहरु एक जुट हुनुपर्नेमा जोड दिए ।
शिबसताक्षी–४ साविकः पाँचगाछी गाविसको रंगियाथानमा रहेको मञ्जुश्री आधारभूत बिद्यालयमा कक्षा ८ सम्म पठन पाठन भइरहेको छ । आदीवासी समुदाय अन्तरर्गत राजवंशी, ताजपुरियाको बाक्लो बसोबास रहेको रंगिगाथानसहित विश्वडुब्बा, झारटोली, विष्णुचौक र छिमेकी गौरिगञ्ज गाउँपालिकाको माहाभाराका बिद्यार्थीहरु समेत पठन पाठनको लागि बिद्यालयमा आउने गरेका छन् ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अधिकचन ताजपुरिया, बिद्यालयका प्रअ जयनारायण ताजपुरिया, जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
Comments