खुशीका रङ्ग बाड्दै रोट्याक्ट दमक
Published: (Updated: )
by .
दमक । रोट्याक्ट क्लब अफ दमकले एन आइ सि एसिया बैंकसँगको सहकार्यमामा सूर्योदय आधारभूत विद्यालय र किराँत चोम्लुङ प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
शुक्रबार इलाम जिल्ला अन्तरगत चुलाचुली गाउँपालिका वडा नम्बर ३ मा रहेको उक्त दुई विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, स्कुल ब्याग लगायत सामाग्री सहित स्कुलमा आवश्यक पर्ने मन्टेश्वरीका सामाग्रीहरु वितरण गरेको हो ।
विभिन्न दाताहरुसगँ सहकार्य गर्दै रोट्याक्ट क्लब अफ दमकको मासिक शैक्षिक सुधारका कार्यक्रमको निरन्तरताको रुपमा उक्त कार्यक्रम रहेको कार्यक्रम संयोजक किरण गौतमले जानकारी दिए।
एन आइ सि एसियासँग खुशीका रङ्गहरु नाम दिईएको उक्त कार्यक्रमको अध्यक्षता रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष सुदिप लिम्बूले गरेका थिए ।
चुलाचुली गाउँपालिकाकी उपमेयर निर्मला दहालको प्रमुख आतिथ्यता रहेको थियो।चुलाचुलीस्थित वडा नम्बर ३का सबै सामुदायिक बिद्यालयका बालबालिकाहरुलाई सहभागी गराइ विभिन्न रचनात्मक कार्यक्रमको पनि आयोजना गरिएको थियो।
Comments