Sajhamanch Archive

प्रहरीले गोली चलाउँदा एक जनाको अवस्था चिन्ताजनक, दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार by .

नवलपरासी । पूर्वी नवलपरासीको कोल्हुवामा एक जड्याहालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना सख्त घाइते भएका छन् । प्रहरीले दुई जना पक्राउ गरेको छ ।

मध्यविन्दु नगरपालिका–३ कोल्हुवा बजारमा शनिबार राति पौने ११ बजे प्रहरीले गोली चलाउँदा स्थानीय प्रेम महतोको पेट र खुट्टामा लागेको हो ।

उनको अवस्था चिन्ताजनक छ । महतोको चितवनस्थित पुरानो मेडिकल कलेजमा आइतबार बिहानै देखि शल्यक्रिया शुरु भएको जनाइएको छ । प्रहरीले स्थानीय मुना महतो र सुरज महतोलाई पक्राउ गरेको छ ।

एसपी दिपक रेग्मीले शनिबार राति ड्युउटीमा रहेका कोल्हुवा प्रहरी चौकीको टोलीले भित्री सडकमा चेक गर्ने क्रममा मादक पदार्थ सेवन गरी एउटै मोटरसाइकलमा आएका उनीहरुले प्रहरीलाई हातपात र खुकुरी प्रहार गरेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको दाबी गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *