Sajhamanch Archive

१५ सय ठेक्काको म्याद थपियो, गडबड गरे बीचमै ठेक्का रद्ध

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले १५ सयवटा ठेक्काको म्याद थपेर विभिन्न निर्माण कम्पनीलाई अन्तिम पटकका लागि काम गर्ने अवसर प्रदान गरको छ ।

ती म्याद थपिएका निर्माण कम्पनीले तोकिएको अवधिभित्र आफ्नो काम सम्पन्न गरिसक्नुपर्नेछ ।

वर्ष दिनसम्म पनि काम सम्पन्न गर्न नसके ठेक्का तोड्ने सरकारको तयारी छ भने मासिक रुपमा प्रगति देखाउन नसकेमा बीचैमा पनि ठेक्का तोड्ने रणनीति सरकारले लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले लामो समयसम्म रुग्ण रहेका ठेक्का व्यवस्थापन गर्नका लागि सार्वजनिक खरिद नियमावली २०६४ मा नवौं संशोधन भएपश्चात १५ सय वटा ठेक्काको म्याद थप गर्ने कार्य टुंग्याएको बताए । राजधानी दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *