Sajhamanch Archive

कोरोना भाइरस सम्बन्धी शिवसताक्षीमा सचेतना कार्यक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । चीनको हुवान प्रान्तबाट सुरु भई विश्व व्यापी रुपमा फैलिएको नोवेल कोरोना (कोभिङ १९) नामक भाइरसको सचेतनाका लागि शिवसताक्षीमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

सतासीधामको आयोजना, इलाका प्रहरी कार्यालय झिलझिले र शिवसताक्षी नगरपालिका वडा नं. ८ र १० को सहकार्यमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

शिवसताक्षीमा कोरोना भाइरसबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने नारासहित सचेतना मौन र्याली गरिएको सतासीधाम जेसीजका वर्तमान अध्यक्ष कुमार साँवाले बताए । र्यालीले सचेतना सम्बन्धी बेनर, प्लेकार्डसहित शिवसताक्षीका मुख्य बजार डुडाँमारी, झिलझिले, दूधे र माईधार बजार परिक्रममा गरेको अध्यक्ष साँवाले जानकारी दिए । गाउँघरका नागरिकले कोरोना भाइरस बारे थाहा नपाएका हुँदा यो रोग कसरी सर्छ, यसबाट बच्न के कस्ता उपाय अपनाउनु पर्छ भन्ने बारेमा जानकारी दिन कार्यक्रम गरिएको अध्यक्ष साँवाको भनाई थियो । कार्यक्रम शिवसताक्षीको सबै वडाहरुमा सञ्चालन गरिने बताइएको छ ।

जेसीजले सचेतना सम्वन्धी सडक नाटक समेत प्रस्तुत गरेको छ । र्यालीले बजार परिक्रममा गरेपश्चात सडक नाटक प्रस्तुत गरेको हो । नाटकमा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका सगरमानाथ टिन्स क्लबका भाई बहिनीहले सहजीकरण गरेको राष्ट्रिय रमणीयका शिक्षक गोविन्द काफ्लेले जानकारी दिए ।

हाल सम्म कोरोना भाइरस विश्वका १०३ ओटा देशमा संक्रमण भएको बताइएको छ । नेपाल कारोना भाइरस संक्रमणको उच्च जोखिमा रहेता पनि हालसम्म कुनै पनि कोरानाको विरामी भएको पुष्टि नभएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *