Sajhamanch Archive

नोवेल मेडिकल कलेजका विद्यार्थी तमोरमा बेपत्ता

Published: in राष्ट्रिय समाचार by .

धनकुटा । नोवेल मेडिकल कलेज विराटनगरमा अध्ययनरत एक छात्र शनिबार धनकुटाको मूलघाटस्थित तमोर नदीमा फोटो खिच्ने क्रममा चिप्लेर नदीमा परेपछि बेपत्ता भएका छन् ।

एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत भारतको विहार राज्यको पूर्णिया ग्रामपञ्चायत घर भएका २५ वर्षीय भेनित शर्मा नदी किनारमा फोटो खिच्ने क्रममा लडेर नदीमा परेपछि बेपत्ता भएका हुन् । घटना अपरान्ह १ बजे भएको मूलघाट प्रहरी चौकीले जनाएको छ ।

उनीसँगै अध्ययनरत तीन जना साथीहरूसँग शनिबार बिदाको दिन घुम्न धनकुटाको मूलघाट आएका थिए । नोवेल मेडिकल कलेजको प्रशासन शाखाका प्रशासकीय अधिकृत दीपेश राईले नदीमा परी बेपत्ता भएको विद्यार्थी आफ्नो कलेजको भएको जानकारी दिएका छन् । उनले एमबिबिएस तेस्रो वर्षको परीक्षा भरखरै सकिएकाले विद्यार्थीहरू घुम्न जाने क्रममा घटना भएको बताए ।

घटनालगत्तै भारी वर्षा भएकाले शर्माको खोजी कार्य केही समय अवरोध भए पनि खोजी कार्य जारी रहेको मूलघाट प्रहरीले जनाएको छ । नदीमा बेपत्ता शर्माको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । अपरान्ह ५ बजेसम्म नदीमा बेपत्ता भएका शर्मा फेला नपरेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *