Sajhamanch Archive

प्रधानमन्त्री ओलीलाई सन्तुलित आहार दिइँदै र हिँडडुल गराइँदै

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले विज्ञप्तिमार्फत आइतबार जानकारी दिएको छ ।

मिर्गौला प्रत्यारोपणको पाँचौँ दिन आइतबारबाट ओलीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल गराउन थालिएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका हुन् ।

सँगै प्रधानमन्त्रीकी मिर्गौला दाता भाञ्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य राम्रो भएको अस्पतालले जनाएको छ ।

अस्पतालले हरेक दिन दिउँसो ४ बजे विज्ञप्तिमार्फत प्रधानमन्त्री र मिर्गौलादाता समीक्षाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै आएको छ ।

प्रधानमन्त्री ओलीको फागुन २१ गते दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको थियो । प्रत्यारोपणपछि ओली सीसीयूमा रहेर स्वास्थ्यलाभ गरिरहेका छन् । प्रत्यारोपणपछि ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *