दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता खड्का सम्मानित
Published: (Updated: )
by .
भद्रपुर । झापा जिल्ला जुडो संघले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता देवकिा खड्कालाई सम्मान गरेको छ ।
जुडो खेलको माध्यमबाट अन्र्तराष्ट्रिय पहिचान निर्माण गर्न सफल झापाली चेली देवीकालाई सम्मान पत्र र दोसल्ला ओढाएर संघले सम्मान गरेको हो । सम्मानित खड्का पश्चिम दक्षिणी झापा गाउँपालिकाकी स्थायी बासिन्दा हुन् भने सशस्त्र प्रहरी बलको टोलीबाट जुडो खेलमा प्रतिष्पर्धा गर्दै आएकी छिन् ।
संघका अध्यक्ष प्राध्यापक डाक्टर पृथ्वीविक्रम राईको अध्यक्षता तथा रूद्र—गौरी श्री—अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जापानी जुडो प्रशिक्षक मिसाखी यामादालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन सचिव गंगा खड्काले गरेका थिए ।
Comments