पेस्तोल र गोलीसहित झापामा एक व्यक्ति पक्राउ
Published:
by .
झापा । झापाको दमकमा एक थान कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका ९ मधुबल्ला बस्ने अन्दाजी ४४ वर्षीय मेघराज गौतम रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। इलाका प्रहरी कार्यालय दमकको टोलीले विशेष सूचनाको आधारमा उनलाई दमक नगरपालिका ३ स्थित मधुवल्ला पुल नजिकैबाट सोमबार दिउँसो पक्राउ गरेको बताइएको छ।
प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल, एक थान बुलेट गोली, दुई वटा खोका बरामद गरेको छ। यता पेस्तोलसहित पक्राउ गरिएका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए।
Comments