Sajhamanch Archive

ऐतिहासिक किराँत महोत्सवबाट २० लाख बढी संकलन

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । भद्रपुर स्थित किराँत कल्याण समितिले लगाएको ऐतिहासिक किराँत महोत्सवबाट २० लाख ६८ हजार २ सय रूपैया संकलन भएको छ ।

समितिले पत्रकार भेटघाट गरी १९ लाख २४ हजार ४१० खर्च तथा २० लाख ६८ हजार २ सय रूपैया आम्दानी भएको विवरण सार्वजनिक गरेको हो । माघ २५ गतेदेखि फागुन २४ गतेसम्म भद्रपुर ८ स्थित किराँत कोलनीमा महोत्सव सञ्चालन भएको थियो ।

समितिकी कोषाध्यक्ष मञ्जु सुब्बाका अनुसार २९ दिनसम्म चलेको महोत्सवमा हाउजी खेलबाट १९ लाख तथा मेला भित्रका रमाइलो खेलहरूबाट एक लाख ६८ हजार दुई सय आम्दानी भएको थियो । जसमा मनोरञ्जनात्मक कार्यक्रमका लागि राष्ट्रिय तथा स्थानीय कलाकारलाई पारिश्रमिक वापत १६ लाख ८८ हजार ६० रूपैया खर्च भयो भने पण्डाल, स्टेज, चियापान र कलाकार होटल खर्च गरी एक लाख १६ हजार ३५० खर्च भएको थियो । महोत्सवबाट खर्चकटाएर १ लाख ४३ हजार ७९० रूपैया बचत भएको छ ।

बचत रकम निर्माणाधीन किराँत भवन निर्माणमा खर्च गरिने किराँत कलयाण समितिका पूर्व अध्यक्ष तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले जानकारी दिए । उनका अनुसार लक्ष्यभन्दा कम रकम उठेको यस महोत्सवलाई कोरोना भाइरसको त्रासले नकारात्मक प्रभाव परेपछि प्रशासनको अनुरोधमा रोकिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *