Sajhamanch Archive

चार दिनदेखि बेपत्ता संगीता खोजिदिन पतिको अपील

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ की एक महिला चार दिनदेखि बेपत्ता भएको जानकारी आएको छ । संगीता राउत नाम गरेकी महिला गत सोमबारदेखि बेपत्ता भएकी हुन् । मानसिक सन्तुलन ठीन नभएकी संगीताले घरबाट मन्दिर जान्छु भन्दै हिँडेको श्रीमान् रमबहादुर राउतले बताएका छन् ।

‘घरबाट हिँडेको थाहा पाएपछि हामी पनि पछिपछि खोज्दै गयौँ’ उनले भने, ‘तर, बिर्तामोड आइपुगेपछि कहाँ गइन् पत्ता लागेको छैन ।’ किनमेलका लागि बजार गएको भन्दै हिँडेको छिमेकीको भनाइलाई उद्धृत गर्दै रामबहादुरले बताए । चार दिनदेखि संगीताको पत्ता नलागेपछि राउत परिवारले इलाका प्रहरी कार्यालय अनारमनीमा खोजीका लागि निवेदन दिएको छ । केही समययता मानसिक अवस्था ठीन भएको संगीताको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार गरिँदै आएको थियो । संगीताको साथमा केही नगदसमेत रहेको छ ।

संगीतालाई देख्नु हुने वा फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६०८४०८३९, ९८१६००१५६२ मा सम्पर्क गरिदिनुहुन पति रामबहादुरले अनुरोध गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *