नेपालमा ६ जनामा कोरोनाको आशंका, राखियो टेकु र पाटन अस्पतालको आइसोलेसनमा
Published: (Updated: )
by .
काठमाडौं। नेपालका हालसम्म कोरोना भित्रिनसकेको बताइरहेका बेला कोरोना भाइरस संक्रमित भएको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार चार जनालाई टेकु अस्पताल र दुई जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. विकास देवकोटाले संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको जानकारी गराएका हुन् । तर, उनीहरुको नाम र ठेगाना भने गोप्य राखिएको छ ।
यसअघि चार नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । यसरी कोरोना पुष्टि भएकामा एक नेपालमै रहेका र अन्य तीन जना विदेशमा रहेका थिए । नेपालमा रहेका कोरोना पुष्टि भएका व्यक्ति निको भएर घर फर्किसकेका मन्त्रालयले जनाएको छ । उनले विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको पनि जानकारी दिए ।
यसैबीच नेपालमा कोरोना भित्रिन नदिन सरकारले कडाइका साथ कदम चाल्नु पर्ने सर्वत्र माग हुन थालेको छ । सरकारले विमानस्थल र सीमा नाकामा कोरोनाको जाँच गरिरहेको छ । विमानस्थलको कोरोना जाँच केहि प्रभावकारी देखिए पनि भारत र चीनसँगको सीमा नाकामा हुँदै आएको कोरोना संक्रमणको जाँच प्रभावकारी हुन नसकेको सर्वसाधरणले बताउँदै आएका छन् ।
Comments