Sajhamanch Archive

कोरोनाको शंका लागे फोनबाटै परामर्श लिनुहोस्

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ  । तपाईँलाई कोरोना भाइरसको शङ्का लाग्यो अथवा कोरोनाबाट डराइरहनु भएको छ भने अब तपाईँले फोनबाट नै सल्लाह र परामर्श पाउनु हुनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस रोकथामको लागि १११५ नम्बर टेलिफोन व्यवस्था गरेको छ । साथै टोल फ्री नम्बर १६६००१९७००० समेत फोन गरेर यो सङ्क्रमणबारे परामर्श लिन सकिने छ ।

शुक्रवारदेखि स्वास्थ्य मन्त्रालयअन्तर्गन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नागरिकलाई सहजताको लागि कल सेन्टर सञ्चालनमा ल्याएको हो । स्वास्थ्य मन्त्रालयले कल सेन्टरमा ११ जना कर्मचारीलाई तालिम दिएर सेवा सञ्चालनमा ल्याएको हो । उक्त नम्बरमा कल गर्दा कोरोना फैलिएमा सल्लाह सुझाव सङ्क्रमणबाट कसरी जोगिने, कुन–कुन अस्पताल जाने आदि विषयमा परामर्श पाइनेछ ।

चीनको वुहानबाट फैलिएको कोरोनाले विश्वभर महामारी रूप लिइरहेका छ । आजसम्म नेपालमा कोरोनाको सङ्क्रमण देखिएको छैन । हालसम्म कोरोना सङ्क्रमण विश्वका १२४ मुलुकमा फैलिसकेको छ । यसबाट मृत्यु हुनेको सङ्ख्या पनि ५ हजारको हाराहारीमा पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *