Sajhamanch Archive

प्रधानमन्‍त्री ओली आज साँझ अस्पतालबाट निवास जाने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौँ । मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री केपी शर्मा ‍ओलीलाई आज डिस्चार्ज गरिने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्‌गाका अनुसार प्रधानमन्‍त्री ओली शुक्रबार साँझ डिस्चार्ज हुन लागेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई उहाँको पूर्ण स्वास्थ्यलाभपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिने भएको छ’ कार्यकारी निर्देशक डा. खड्‌गाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

ओलीको २१ गते बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणका लागि ओली १९ गते भर्ना भएका थिए । ओलीका मिर्गौलादाता समीक्षा संग्रौला बुधबार डिस्चार्ज भएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *