बाढी प्रभावित क्षेत्रमा अवलोकन गर्दै सांसद दर्लामी
Published:
by .
शिवसताक्षी । झापा क्षेत्र नं. ४ (क) मा पर्ने साना तथा ठूला नदीहरुको स्थलगत अध्ययन–अवोलकन गरिएको छ ।
वर्षा हुन अघि बाढी प्रभावित आफ्नो क्षेत्रभित्र पर्ने साना तथा ठूला नदीहरुले गर्न सक्ने सम्भावित क्षति न्युनिकरणका लागि प्रदेश सांसद झलकसिं दर्लामीले स्थलगत अध्ययन–अवोलकन गरेका हुन् ।
सांसद दर्लामीसहित माइधारस्थित गैडेमा रहेको जनताको तटबन्धको कार्यालयका ईन्जिनियर रिञ्जे गुरुङ, स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीतामा स्थलगत अवलोकन गरिएको थियो ।
कनकाई नदीले कटान गर्ने शिबसताक्षी नगरपालिकाको वडा नं ४ र ५, गौरिगञ्ज गाउँपालिकाको वडा नं १ माहाभारा, वडा नं २ को कोरोबारी, कमल–बनियानी खोलाले क्षति गर्ने शिबसताक्षी–१, २, ३, ४ र ५, गौरादह नगरपालिकाको वडा नं ९ बैगुनधुरा र गौरिगञ्ज गाउँपालिकाको वडा नं १ को विभिन्न गाउँका स्थानीयवासीसँग छलफल गरिएको संसाद दर्लामीका स्वकीय सचिव दुर्गा नेम्वाङ्गले बताए ।
छलफलमा जनताको तटबन्ध मार्फत क्षति न्यूनिकरणका लागि गर्नुपर्ने योजना र कार्यक्रमको बारेमा छलफल भएको थियो ।
Comments