Sajhamanch Archive

जोइन्ट हेन्डले दुई जनाको निःशुल्क उपचार गर्ने

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

बुधबारे । सामाजिक कार्यमा सकृय भूमिका खेल्दै गएको जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्ति–३ झापाको पहलमा झापाका दुई जना बिरामीले निःशुल्क उपचार पाउने भएका छन् ।

बर्षमा दुई जना टाउको तथा नशा सम्बन्धि (न्युरो)का बिरामीलाई निशुल्क उपचार गरिने सम्झौता भएको छ । अर्जुनधारा –१० का सुमन केसर प्रसाईंले आप्mनो श्रीमति इश्वरी प्रसाईंको नाममा “इश्वरीप्रसाईं स्मृति निशुल्क स्वास्थ उपचार” सेवा सुबिधा अन्तर्गत सम्झौता अनुरुप काठमाण्डौंको माइतिघर स्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेस प्रा. लि. मा उपचार गराउने सम्झौता भएको हो । उक्त सम्झौताको अख्तियारीको रुपमा जोइन्ट हेण्डले पाएको हो ।

अस्पतालले गर्ने सहमतिको अख्तियारी जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईंलाई दिइएको हो । उक्त अख्तियारी हस्तान्तरण कार्यक्रममा अर्जुनधारा–१० का वडा अध्यक्ष बलदेब गोम्देन, परिवारका तर्फबाट सुमनकेसर प्रसाईं र छोरा बिप्लव प्रसाईं, पत्रकार तीर्थ तिम्सिना, रोसन भट्टराई, सोसाईटीका सल्लाहकार प्रकाश भण्डारी, कानूनी सल्लाहकार हर्क परियार, सचिव गोकुल पौडेल, कोषाध्यक्ष प्रवेश भट्टराई, दिनेश खतिवडा, केशव तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *