Sajhamanch Archive

नेपाल सरकारको निर्णयको नरेन्द्र माेदीद्वारा स्वागत

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले कोरोना भाइरस (कोभिड १९) सार्क आपतकालीन कोषमा १० करोड रुपियाँ जम्मा गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरेका छन् ।

यो निर्णयका लागि मोदीले प्रधानमन्त्री केपी ओलीप्रति कृतज्ञता व्यक्त गरेका हुन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोषमा नेपालले १० करोड रुपियाँ योगदान गर्ने घोषणा गरेका थिए ।

मोदीले त्यसको स्वागत गर्दै भनेका छन्, ‘ओलीजीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशहरूको समर्थनलाई दर्शाउँछ ।’

यही चैत २ गते सार्कका राष्ट्र तथा सरकार प्रमुखहरूबीच सामूहिक भिडियो वार्ता हुँदा भारतीय प्रधानमन्त्री मोदीले आपतकालीन कोष घोषणा गर्दै भारतले एक करोड अमेरिकी डलर जम्मा गरेको जानकारी दिएका थिए ।

यो कोषमा सार्क सदस्य देशहरूले स्वेच्छाले रकम जम्मा गर्न र कोरोना विरुद्धको लडाइँमा खर्च गर्न पाउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *