झापाको विर्तामोड चैत्र २१ गतेसम्मका लागि बन्दको आवहान
Published: (Updated: )
by .
बिर्तामोड । कोरोना भाइरसको जोखिम बढ्न थालेपछि झापाको प्रमुख व्यापारी केन्द्र विर्तामोड बन्दका लागि आवाहन गर्न थालिएको छ । व्यवसायीहरुको छाता संस्थाहरुले बजार बन्दका लागि आव्हान गर्न थालेको हो । बिर्तामोड उधोग वाणिज्य संघले भर्खरै सूचना प्रकाशित गरेर चैत्र २१ गतेसम्मका लागि बजार बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।
सरकारले गरेको निर्देशन र स्थानीय सरकारको अनुरोधलाई स्वीकार गर्दै वाणिज्य संघहरुले व्यवसायीलाई बजार बन्द गरिदिन आग्रह गरेका हुन् । यस्तै, कनकाई उधोग वाणिज्य संघले पनि आइतबार विहान नगरपालिकको बैठकमा साझा धारणा बनाउदै बजार बनद गर्ने घोषणा गरेको अध्यक्ष त्रिलोचन चिमोरियाले जानकारी दिए । अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिदिन आग्रह गरेको चिमोरियाले बताए ।
यसै गरी भद्रपुर र धुलावारी बजार बन्द हुने क्रममा छ । त्यहाँका व्यवसायीलाई महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न बजार बन्दको लागि आव्हान गरिएको हो । उता, पूर्वी नाका काँकरभिट्टा भारतीय जनता कफ्र्यूका कारण बिहानैबाट सुनसान बनेको छ ।
सरकारले आजबाट लागु हुने गरी अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न गरेको आग्रहलाई व्यवसायीले अटेरी गर्दै व्यवसाय सञ्चालन गरिरहेका छन् । अब, अटेरी गरेमा कारवाही गरिने तयारी भइरहेको बताइएको छ ।
Comments