Sajhamanch Archive

मेची अस्पतालले भन्योः आइसोलेसनका बिरामीलाई कोरोना छैन,

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । कोरोना सङ्क्रमित आशंकामा मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको एक व्यक्तिको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

अस्पतालका अनुसार कतारबाट घर फर्किएका भद्रपुर नगरपालिका १ बस्ने ती अन्दाजी ३० वर्षीय व्यक्तिलाई उच्च ज्वरोसँगै खोकी आएपछि बिहीबार राति अस्पतालमा उपचारका लागि आएका थिए। कोरोनाको आशंकामा उनलाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिरहेको थियो। अस्पतालले शुक्रबार उनको थ्रोट स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।

प्रयोगशालाबाट आइतबार साँझ आएको उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेसु डा पीताम्बर ठाकुरले जानकारी दिए। अहिले उनको अवस्था पनि सामान्य भइरहेको बताउँदै डा ठाकुरले भने, ‘सोमबार बिहान उनलाई डिस्चार्ज गर्छौ।’ यता मेचीमा कोरोना संक्रमित बिरामीको रिपोर्ट पोजेटिभ भएको भन्दै बजारमा हल्ला फैलिएपछि समाज नै आतंकित बनेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *