इञ्जाले आफ्ना सदस्यलाई कोरोना रोकथाममा सघाउन विश्वभर परिचालन गर्ने
Published:
by .
काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले आफ्ना संगठनमा भएका सदस्यहरुलाई विश्वभर परिचालित गर्ने भएको छ।
इञ्जाको व्यवस्थापन समितिको आइतवार बसको बैठकले कोरोना भाइरसविरुद्ध सचेतना जगाउन र आवश्यकता अनुसार समुदायलाई सहयोग गर्न आफ्ना सदस्यहरुलाई परिचालित गर्ने निर्णय गरे हो। इञ्जाले नेपाल बाहिर रहेका नेपाली समुदायलाई भाषा अनुवाददेखि स्वास्थ सेवा आवश्यक पर्दा सम्बन्धित स्वास्थ निकायसँग समन्वय गरिदिने छ।
त्यस्तै बैठकले कोरोना संक्रमणको समयमा सञ्चार माध्यम वा सामाजिक सञ्जालमा विभिन्न अफवाहहरु फैलिने गरेको प्रति ध्यान केन्द्रित गर्दै अफवाह नियन्त्रणका लागि अनुगमन गर्ने र भ्रम निवारण गरेर सही सूचना सार्वजनिक गर्न भूमिका खेल्ने निर्णय गरेको छ। समुदायलाई थप जनचेतनामुलक श्रव्यदृश्य सामग्रीहरुको निर्माणलाई इञ्जाले निरन्तरता दिने छ। त्यस्तै इञ्जाले आफ्नो संगठनमा आवद्ध पत्रकारहरुलाई कोरोना भाइरस सम्बन्धि सूचनाहरुलाई अधिकतम जाँच गरी सत्य, तथ्य र निश्पक्ष समाचारहरु सम्प्रेषणकालागि आग्रह समेत गरेको छ।
Comments