Sajhamanch Archive

नगरपालिकाद्वारा भद्रपुर बजार अनुगमन

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । नगरपालिकाको नेतृत्वमा आज भद्रपुर बजार अनुगमन गरिएको छ ।

भद्रपुर नगरपालिकाको उपप्रमुख चन्द्रमाया श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, आन्तरिक राजस्व कार्यालयका अधिकृत, घरेलु कार्यालयका प्रतिनिधि रहेको जिल्ला अनुगमन समिति, झापा उद्योग वाणिज्य संघ, पत्रकारहरुको टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमन टोलीले दैनिक उपभोग्य खाद्य सामग्री, ग्यास, औषधि, मास्क, सेनिटाइजर लगायतको आपूर्ति र वितरण अवस्थाको बारेमा जानकारी लिएको थियो । अनुगमन टोलीले ग्यास सिलिण्डर विक्रेताहरुले साविक रुपमा सिलिण्डर वितरण नगरेको उपभोक्तको गुनासोलाई मसिनो गरी खोजी गरेको थियो । समितिले उपभोक्तादेखि डिलर हुँदै प्लाण्ट सञ्चालकसम्म भेटेर वितरण प्रकृया सहज बनाउन निर्देशन गरेको थियो । बाहिरका कम्पनीले पठाउने ग्यास नआइपुगेको कारण पनि स्थानीय सञ्चालकहरुले साविक भन्दा दोब्बर बढी सिलिण्डर बजारमा पठाएको जानकारी दिएका छन् ।

त्रिशक्ति ग्यास उत्पादक आदित्य पराजुलीले अन्य समयभन्दा बढी यो समयमा सिलिण्डर पठाउने गरेको बताउँदै फागुन महिनामा ३० हजार सिलिण्डर बजारमा पठाएको र चैत ९ गतेसम्म झण्डै १५ हजार सिलिण्डर बजार पठाइएको बताए । भारतमा जनता कर्फुको कारण एकदिन ग्यास नआएको हो नत्र दैनिक माग अनुसारको सिलिण्डर बजार पु¥याउने गरेका छौं । उनले भने ।

सञ्चालक पराजुलीले भने ‘अहिले अन्य समयभन्दा चारगुणा बढी सिलिण्डर उपभोक्ताहरुले स्टक राख्न थालेकोले खुद्रा विक्रेतालाई सिलिण्डरको क्रेताको पनि रेकर्ड राखेर बेच्ने सुझाव हामीले दिने गरेका छौं ।’

उपप्रमुख श्रेष्ठले कोरोना भाइसको यो महामारीको अन्राष्ट्रिय संकट परेको अवस्थामा उपभोक्तहरुले आवश्यकभन्दा बढी सामग्रीको स्टक नराख्न आव्हान गरे । उनले विक्रेताको पनि अभिलेख राखेर मात्र सिलिण्डर विक्री वितरण गर्न डिलरहरुलाई आग्रह गरेका थिए । ‘अभावको स्थिति आउन नदिन डिलर उत्पादक र उपभोक्ता सबैले सहयोग गर्न पनि’ उनले अनुरोध गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *