Sajhamanch Archive

डब्ल्युएचओले भन्यो, ‘मानिसबीचको सम्पर्कमा कडाइ नगरे कोरोना नियन्त्रण बाहिर जान्छ’

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले परीक्षणलाई थप तीब्र नबनाए कोरोना (कोभिड १९) भाइरसको महामारी नियन्त्रण बाहिर जाने चेतावनी दिएको छ ।

डब्ल्युएचओले कोराना भाइरसको संक्रमण फैलिन नदिन मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नुपर्ने बताएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले माहामारी तीव्र गतिमा फैलिरहेको भन्दै सबै देशले अहिले गरिरहेको काममा थप प्रयास गरेमा नियन्त्रण लिन सम्भव हुने जानकारी गराएका हुन् ।

कोरोना सङ्क्रमितको संख्या पहिलो एक लाख पुग्न ६७ दिन लागेकोमा दोस्रो एक लाख ११ दिनमा पुगेको थियो । तर अर्काे चार दिनमा नै तेस्रो लाख लाख पुगेको भन्दै महानिर्देशक गेबेरियससले अब देशहरुले रणनीति परिवर्तन गर्दै परीक्षणलाई तीव्रता नदिए र मानिसबीचको सम्पर्कमा कडाइ नगरेमा माहामारी गम्भीर बन्ने चेतावनी समेत दिए ।

१९५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म तीन लाख ७८ हजार सात सय जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमतिमध्ये एक लाख एक हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने १६ हजार ४९५ जनाको ज्यान गइसकेको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *