आइसोलेसनमा उपचाररत एक युवकको मृत्यु, प्रमाणित हुन बाँकी
Published:
by .
चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालको उच्च स्रोतले जानकारी दिएको छ ।
उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिनअघि मात्र कोरोना बिशेष अस्पतालमा पठाइएको थियो । उच्च ज्वरो र रुघाखोकीले ग्रसित वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ ।
उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भए–नभएको रिपोर्ट आउन बाँकी छ । उनको स्वाब परीक्षणका लागि मंगलबार विहान मात्र टेकु पठाइएको अस्पताल स्रोतले जनाएको छ ।
Comments