लकडाउनको राजनीतिक दलबाटै उल्लंघन
Published: (Updated: )
by .
झापा । मंगलबारबाट सरकारले घोषणा गरेको लक डाउनलाई राजनीतिक दल र टोल बिकास संस्थाले उल्लंघन गरेका छन् । हल्दिबारी २ मा राप्रपाले र बिर्तामोड ९ मा नारायण कृष्ण टोल बिकास समितीले स्थानीयलाई भेला पारी मास्क बितरण गरेको पाइएको छ।
सरकारले घरबाट बाहिर ननिस्कन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएको छ। यस्तै झापामा लकडाउनलाई बेवास्ता गर्दै सवारीसाधन चलाउने दर्जनौं सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने धेरैलाई सम्झाएर घर फर्काएको छ। देशका विभिन्न स्थानमा स्थानीयले अवज्ञा गरेपछि कर्फ्यु लगाइएको छ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले राज्यको निर्णय उलंघन गर्नु या त नगर्नु भनेको काम गरेर बहादुरी भएको महसुस गर्नु गलत भएको बताए ।उनले हामी नेपालीको बानी जस्तै भएको छ नगर्नु भनेको काम गर्नु पर्ने,राज्यले आफ्नो स्वार्थका नभएर आम जनताका लागि गरेको साबधानीमा सबैको सहयोग हुनु पर्ने बताए। यस्तै सोमबार साझ भारतबाट काकडभिट्टा हुँदै नेपाल २ सय ३९ जना प्रबेस पाए झापाका ८७ जना लाइ स्थानिय सरकार प्रमुखलार्इ जिम्मा दिने तयारी गरिएको छ। झापामा कोरना भाइरसको पछिल्लो अपडेटः १ जना आइसोलेसन बार्डमा, २१ जना क्वारेन्टाइनमा र ५६ जना होम क्वारेन्टाइनमा भने अत्यावश्यक बस्तु र सामाग्री ओसारपसार र बिक्रि बितरण कुनै अवरोध गरिएको छैन ।यसै बिच प्रदेश नम्बर १ सरकारले १० करोडको कोरोना राहत कोषको स्थापन गरेको छ जसमा मन्त्री ,राज्यमन्त्रीले एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।
Comments