Sajhamanch Archive

मेचीनगरमा निःशुल्क मास्क वितरण

Published: in राष्ट्रिय समाचार by .

मेचीनगर । कोरोना भाइरस(कोभिड १९) बाट बच्न मेचीनगर नगरपालिका वडा नं.१२ ले निःशुल्क मास्क वितरण सुरु गरेको छ ।

वडाबासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यले नागरिकलाई निःशुल्क मास्क वितरण गरेको हो ।

वडाका नागरिकलाई निःशुल्क मास्क वितरण गरिने वडाध्यक्ष नरेन्द्र धिमालले बताए । उनले भने, देशमा कोरोना भाइरसको जोखीमपूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि सबै वडाबासीलाई २ वटाका दरले मास्क वितरण गर्ने योजना बनाएका हौँ।

धिमालले आफ्ना नागरिकलाई घरबाट बाहिर नजान अपिल गर्दै आफ्ना बालबच्चाहरुको राम्रोसँग रेखदेख गर्दै स्वास्थ्यको ख्याल समेत राख्न सुझाव दिए ।

बजारमा मास्कको अभाव बढ्दै गएपछि वडाले आफ्ना नागरिकलाई मास्क खरिद गरेर वितरण थालेको वडा सदस्य दिपक तामाङले बताए । बजारमा मास्कको संकट भएका बेला वडाले वितरण गरेको मास्क अभियान राम्रो भएको स्थानीय रेगन प्रसाईंले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *