Sajhamanch Archive

प्रभावकारी बन्दै लकडाउन

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड ।  एकसाता लामो लकडाउनको घोषणाको आज दोश्रो दिन सडक तथा बजार सुनसान देखिएको छ।

प्रहरीको सक्रियता र चेतनाको बिकासले जनता घरमै बसेका छन् तर देशका विभिन्न स्थानमा भने नेपाली सेना परिचालन गरिएको छ। बिश्वब्यापी फैलिएको कोरोना भाइरस बाट नेपाल ३ जनामा संक्रमण भेटिएको बताइएको छ तर हाल सम्म कसैको भाइरसकै कारण मृत्यु भएको छैन ।२५ जना भन्दा बढी भेला नहुन सरकारले आग्रह गरे संगै र अनावश्यक घर बाहिर ननिस्कन प्रशासनले उर्दी जारी गरेकाले सडक सुनसान देखिएको हो।कुनै कारणबस असामहिक निधन भएमा स्थानीय नजिकैको घाटमा दाहसंस्कार गर्न प्रहरीले र प्रसासनले आग्रह गरेको छ।झापाका कन्काई,बिरिङ,लगाएतका आर्यघाट सुनसान देखिएका छन् ।

अत्यावश्यक सवारीसाधन भने निर्भात रुपमा संचालन भइरहेका छन् बिना कारण सवारी चलाउने र अटेरी गर्ने लाई प्रहरीले नियन्त्रणमा लिएको छ।यसैबीच गरिब तथा मजदुरी गरि जीवन गुजारा चलाउनेलाई स्थानीय सरकार र संघसंस्थाले राहतका कार्यक्रम प्रसासनको अनुमतिमा संचालन गर्ने तयारी समेत गरेका छन्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *