Sajhamanch Archive

गोविन्द सुवेदीले विरामी कुरुवालाई निःशुल्क रिचार्ज गरिदिने

Published: in राष्ट्रिय समाचार, समाज by .

सुरुङ्गा । विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) का कारण देश संकटमा परिरहेको वेला झापा कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी समाजसेवी युवा गोविन्द सुवेदीले अस्पतालमा भएका विरामी कुरुवाहरुलाई निशुल्क रिचार्ज गरिदिने भएका छन् ।

लक डाउनका कारण सबैजना घरघरमा बस्न बाध्य र पसल र व्यावसाय समेत बन्द रहँदा अस्पतालमा आफ्न्त लिएर जाने विरामी कुरुवाले रिचार्ज कार्ड खरिद गर्न समेत नसक्दा घरमा बिरामीको खबर गर्न नसकेको भन्दै अप्ठ्यारोमा परेका अस्पतालका विरामी कुरुवालाई निःशुल्क आवश्यकता अनुसार एनसेल र एनटिसीको रिचार्ज गरिदिने भएका हुन् ।

सम्पुर्ण पसल समेत बन्द हुँदा विरामीको अवस्थाका वारेमा घर र आफन्तलाई जानकारी गराउन नपाइरहेको जनगुनासो पाएपछि समाजसेवी सुवेदीले कोरोना भाइरसको संकमण र देशमा लकडाउन भइन्जेलसम्मका लागि यो सुविधा दिने बताए ।

सुवेदी यस क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरु सुरुङ्गा बजार व्यावस्थापन समितिका सहसचिव, पुकार अंपाङ्ग अशक्त समाजका सचिव र फ्रेण्डस ग्रुप नेपाली मञ्च नेपालका केन्द्रिय सचिव लगायातमा आवद्ध रहेर सामाजिक गतिविधि गर्दै आएका छन् । आफुले अप्ठ्यारोमा परेकालाई सहयोग गर्नु हाम्रो मानवीय धर्म भएकोले यो सहयोगको घोषणा गरेको र आपतमा परेकाहरुले मात्रै यो सहयोग पाउने गोविन्दले बताए । समस्यामा परेका अस्पतालका विरामी कुरुवाहरुले रिचार्जका लागि ९८२४०४२२७१ मा फोन, म्यासेज वा फेसबुक म्यासेन्जरमा सम्पर्क गर्न सक्ने समेत सुवेदीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *