Sajhamanch Archive

बाहिरबाट कोरोना भित्रिन थालेपछि चीनले विदेशीका लागि ढोका थुन्यो

Published: in राष्ट्रिय समाचार by .

चीनले विदेशीहरूको आगमनमाथि प्रतिबन्ध लगाएको छ। भिसा भएका वा बसोबासकै अनुमति भएकामाथि पनि चीन छिर्न रोक लगाइएको हो। स्थानीय संक्रमण रोक्न महत्वपूर्ण उपलब्धी हासिल भएपनि बाहिरबाट संक्रमण भित्रन थालेपछि चीनले कठोर कदम उठाएको हो।

चीनले यसलाई अस्थायी प्रतिबन्ध भनेको छ। चीनले स्वदेशी तथा विदेशी हवाइ उडानमा कडाइ गरेको छ। चीनमा अहिले स्थानीय र विदेशी एअरलाइन्सले सातामा एउटामात्रै अन्तराष्ट्रिय उडान भर्न पाउँछन्। विमानका सिट पनि ७५ प्रतिशतभन्दा अधिक नभर्न भनिएको छ। चीनमा तीन दिनयता स्थानीय स्तरबाट संक्रमित भएका एक जनामात्रै बिरामी फेला परेका छन्।

बिहिबारमात्रै ५५ नयाँ संक्रमित भेटिएकोमा ५४ जना विदेशबाट आएकाहरू छन्। चीनको विदेश मन्त्रालयले ‘फेरी कोरोना फैलन सक्ने जोखिम उत्पन्न भएपछि विदेशीमाथि प्रतिबन्ध लगाइएको’ जनाएको छ। कूटनीतिज्ञ तथा ‘टाइप सी’ भिसाबाहकमाथि प्रतिबन्ध लागू हुनेछैन। प्राय:जसो एअरक्राफ्ट चालक दलका सदस्यलाई ‘टाइप सी’ भिसा दिने चलन छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *