Sajhamanch Archive

सडकमा खटिने सुरक्षा कर्मीलाई औषधी व्यवसायी संघले पानी तथा खाजा वितरण गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । औषधी व्यवसायी संघ झापाले लकडाउनको समयमा सडकमा खटिने सुरक्षा कर्मीलाई पानी र खाजा बितरण गरेको छ।

संघका उपाध्यक्ष प्रदिप खरेलले ७० काटुन पानी १० काटुन चाउचाउ बितरण गरेको जानकारी दिए। लकडाउनको आज चौथो दिन सडक र बजार सुनसान छन् ।

अत्यावश्यक बाहेकका सवारीसाधन र मानिसलाई निषेध गरिएको छ।झापामा हाल सम्म कसैलाई पनि कोरोना भाइरस भएको पुष्ठि भएको छैन ।झापाका विभिन्न ठाउँमा सडक अबरोध गर्ने काम बढेको छ विशेष गरेर गाउँमा स्थानीय युवाले बाटोमा ढाट तथा ह्युपाइप तेर्साएर अबरोध गरेका हुन् ।बाटो बन्द गर्ने निर्णय नभएकाले बन्द बाटो खुल्ला गर्ने प्रहरीले जनाएको छ। बिशेष गरि बिर्तामोड ,शिवसताक्षी लगायतका गाउँमा त्यस्तो देख्न पाइन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *