Sajhamanch Archive

चीनबाट कोरोना उपचारका चिकित्सा सामग्री आज राति नेपाल ल्याइने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौ । कोरोना भाइरस परीक्षणका लागि आवश्यक किट्स, पिपिई औषधि र अन्य मेडिकल उपकरण ल्याउने गरी नेपाल वायुसेवा निगमको वाइडबडी जहाज तयार गरिएको छ ।

नेपाल वायुसेवा निगमका अपरेसन विभाग प्रमुख दिपु जुहार्चनका अनुसार वाइडवडी जहाज आज शनिबार दिउँसो साढे १२ बजे चीनको गोन्झाउका लागि प्रस्थान गर्नेछ भने आजै राति साढे १० बजे नेपाल आइपुग्नेछ । जहाजमा निगमका उडान दलका १० जना सदस्य मात्र रहने जनाइएको छ । मेडिकल सामग्रीको तौल भार ३० टन भन्दा केही कम हुने उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *