बीपी प्रतिष्ठानमा १६ बिरामीको रिपोर्ट नेगेटिभ, थप ३ जना बिरामीको स्वाब पठाइयो
Published:
by .
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको आशङ्का लागेका बिरामीहरूको पठाएको स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।
प्रतिष्ठानले विभिन्न मितिमा १६ जनाको स्वाब परीक्षणका लागि काठमाडौंस्थित टेकु अस्पतालमा पठाएको थियो । तर, ती सबैको रिपोर्ट नेगेटिभ आएको बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिए ।
उनका अनुसार शुरुमा पठाइएका १३ जना र पछिल्लो पटक पठाइएका ३ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको हो । प्रतिष्ठानमा हाल ८ जना बिरामी आइसोलेसनमा रहेका छन् भने अन्य बिरामीहरू सेल्फ क्वारेन्टाइन र मोरङको टाँडीस्थित नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका छन् ।
थप तीन जनाको स्वाब टेकु अस्पतालमा पठाइएको छ । उनीहरूको जाँच हुन केही दिन लाग्ने भएको छ । नेपालमा हालसम्म ४ जना कोरोनाभाइरसको संक्रमणका रोगी फेला परेका छन् । जसमध्ये एक जना बिरामी उपचारपछि घर फर्किएका थिए ।
Comments