Sajhamanch Archive

नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा दुर्घटना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

बाँके । काठमाडौंबाट गएको नेपाल एयर लायन्सको वाई १२ टुइनेटर जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेको छ।

क्‍वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौ‌ंबाट आएको उक्त विमान नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।

धावनमार्गबाट विमान चिप्लिए पनि चालकदलका तीनजना सदस्य र यात्रुका रुपमा पुगेका दुईजना चिकित्सक सुरक्षित रहेको नेपालगञ्‍ज विमानस्थल कार्यालयले जानकारी दिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन केही बेर लाग्‍ने उनले जानकारी दिए। ‘नेपाल एयरलायन्सको विमान दुर्घटना भएको छ, थप विवरण पछि उपलब्ध गराउँला,’ अहिले उद्धारमा खटिएको बताउँदै ठाकुरले भने, ‘जहाजमा सवार सबैजना सकुशल छन्।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *